नेपाल क्षयरोग निवारण सस्था द्वारा विद्यार्थीहरुलाइ अभिमुखिकरण कार्यक्रम
सुलभ इन्टरनेशनल ( Ngo – Delhi ) सङ्गको सहकार्य
स्स्थानिय सस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रको समन्वयमा भारतको नया दिल्लीमा अवस्थित गै सस Sulabh – international सङ्ग बिद्यालयले सहकार्य गर्ने अवसर पायेको छ । विशेष गरि बिद्यालयमा सरसफाइका लागि विद्यार्थीहरुलाइ जागरुक गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सन्चालन भयो । बिद्यालयमा बिशेषत शौचालय ब्यवस्थित बनाउने सन्दर्भमा सुलभले कार्य गर्ने र त्यसका लागि विद्यार्थीहरुलाइ नै सक्रिय बनाउनुपर्ने धारणा उक्त गैससका निर्देशक रुपक चौधरीले जानकारी दिनुभयो ।
बुद्ध पद्म माध्यमिक विद्यालयमा भव्यताका साथ सरस्वती पूजा
सरस्वती पुजा एबम पुरस्कार- बितरण कार्यक्रम बुद्ध पद्म मा बि तौलिहवा ,#पुर्ब विद्यार्थी मन्च द्वारा बिद्यार्थिहरुको प्रोत्साहनका लागि बिद्यालयका ६ जना जेहेन्दार बिद्यार्थिहरुलाइ झोला उपहार साथै पुर्ब विद्यार्थी सिनेमा सतरङ्ग का सन्चालक बृजेश जैसवाल द्वारा तिनै ६ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरियो ।
आज बुद्ध पद्म मा बि ,तौलिहवा ,पुर्ब- विद्यार्थी मन्चको बैठकमा
आज मिति २०८१ माघ १२ गते शनिवारका दिन श्री बुद्ध पद्म मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च तदर्थ समितीको बैठक मञ्चका अध्यक्ष श्री संजय लम्साल ज्युको अध्यक्षमा सम्पन्न भयो । बैठकमा कार्य समितीका सदस्यहरु, पदेन सदस्य बिद्यालयका प्रधानाध्यापक श्री बाबुराम भण्डारी, आमन्त्रित सदस्य पुर्व बिद्यार्थी श्री शुसिल पौडेलको सहभागीता रहेको थियो । आज सम्पन्न समितीको बैठकले यहि माघ २१ गते बसन्त पन्चमीका दिन बिद्यालयमा आयोजित कार्यक्रममा मञ्चले सक्रिय सहभागीता जनाउने, सोही कार्यक्रममा बिद्यालयका तिन कक्षागत तहमा वर्गिकृत अनुशासित, सिर्जनशिल र साङ्गितिक प्रार्थनामा उत्कृष्ट भुमिका खेलेका ३ छात्र र ३ छात्रा गरि ६ जना बिद्यार्थीलाई झोला, कापी र कलम उपहार दिने, मञ्चको बिधान यथाशिघ्र निर्माण गर्ने र बिभिन्न निकाय सँगको सहकार्यमा बिद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बिषयमा छलफल गरि बिभिन्न निर्णयहरु गरेको छ ।