आज बुद्ध पद्म मा बि ,तौलिहवा ,पुर्ब- विद्यार्थी मन्चको बैठकमा
आज मिति २०८१ माघ १२ गते शनिवारका दिन श्री बुद्ध पद्म मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च तदर्थ समितीको बैठक मञ्चका अध्यक्ष श्री संजय लम्साल ज्युको अध्यक्षमा सम्पन्न भयो । बैठकमा कार्य समितीका सदस्यहरु, पदेन सदस्य बिद्यालयका प्रधानाध्यापक श्री बाबुराम भण्डारी, आमन्त्रित सदस्य पुर्व बिद्यार्थी श्री शुसिल पौडेलको सहभागीता रहेको थियो । आज सम्पन्न समितीको बैठकले यहि माघ २१ गते बसन्त पन्चमीका दिन बिद्यालयमा आयोजित कार्यक्रममा मञ्चले सक्रिय सहभागीता जनाउने, सोही कार्यक्रममा बिद्यालयका तिन कक्षागत तहमा वर्गिकृत अनुशासित, सिर्जनशिल र साङ्गितिक प्रार्थनामा उत्कृष्ट भुमिका खेलेका ३ छात्र र ३ छात्रा गरि ६ जना बिद्यार्थीलाई झोला, कापी र कलम उपहार दिने, मञ्चको बिधान यथाशिघ्र निर्माण गर्ने र बिभिन्न निकाय सँगको सहकार्यमा बिद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बिषयमा छलफल गरि बिभिन्न निर्णयहरु गरेको छ ।
जय होस
















